नेकपा ओली समूहले देव गुरुङलाई प्रमुख सचेतकबाट हटायो, विशाल भट्टराई मनोनित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको संसदीय दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।संसदीय दलको विधान २०७५ को दफा १३ बमोजिम भट्टराईलाई संसदीय दलको नेता मनोनित गरेको ओली समूहले जनाएको छ ।

ओली समूहका सक्रिय केन्द्रीय सदस्य भट्टराई दोस्रो संविधानसभा र पछिल्लो आम चुनावमा खोटाङ जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।


प्रकाशित | १४ फाल्गुन २०७७, शुक्रबार १७:२०