जेट एयरवेजका कर्मचारीको थामिएन आँशु : एक कर्मचारीले गरे आत्महत्या

एजेन्सी : आर्थिक संकटसँग जुधिरहेको भारतीय एयरलाइन जेट एयरवेजका एक वरिष्ठ कर्मचारीले आत्महत्या गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार ५३ वर्षीय शैलेषकुमार सिंहले आत्महत्या गरेका हुन् । उनी गएको तीन वर्षदेखि क्यान्सरका बिरामी थिए ।

गएको चार महिनादेखि आर्थिक समस्याका कारण उनको हालत बिग्रिएको थियो । प्रहरीका अनुसार उनलाई गएको मार्च महिनादेखि तलब दिइएको थिएन । उनी अस्पतालमा भर्ना भएका थिए । शुक्रबार अस्पताबाट निकालेर उनलाई घर लगिएको थियो । शुक्रबार साँझ नै उनले घरको चौथो तल्लाबाट फरालेर आत्महत्या गरे ।

शैलेष सिंहका जेठो छोरा पनि जेट एयरवेजमा नै काम गर्थे । जेट एयरको उडान बन्द भएकाले उनको पनि तलब आएको छैन । जेट एयरवेज सञ्चालनमा नआउँदा कम्पनीमा कार्यरत कयौँ कर्मचारीहरु आर्थिक संकटमा जुधिरहेको बताएका छन् ।


प्रकाशित | १५ बैशाख २०७६, आईतवार ०९:५४