दोलखा – नेकपा एमाले दोलखाले पूर्णता पाएको छ । नेकपा एमाले दोलखाको ९ औं अधिवेशनबाट निर्वाचित जिल्ला कमिटी पदाधिकारी तथा जिल्ला कमिटी सदस्यहरुको पहिलो बैठकले जिल्ला कमिटिलाई पूर्णता दिएको हो ।
अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा चरिकोटस्थित पार्टीको जिल्ला कार्यालयको सभाकक्षमा बसेको बैठकको शुभारभ्म नेकपा एमालेको पोलिटव्युरो सदस्य आनन्दप्रसाद पोखरेलले गर्नुभयो ।
बैठकमा पोलिटव्युरो सदस्य पार्वत गुरुङ, केन्द्रीय कमिटी सदस्य तथा इन्चार्ज सरस्वती बस्नेत, केन्द्रीय कमिटी सदस्य रचना खड्का, केन्द्रीय लेखा आयोग सदस्य शान्ति पाख्रिन तथा बागमति प्रदेश कमिटी सदस्यहरु कृष्ण भूजेल, इश्वरचन्द्र पोखरेल, डबल पाण्डे, भरत केसी, कालिका पाठक, टेक घतानी, उर्मिला थामी, पूर्वसचिव भरत दुलालले बैठकमा शुभकामना व्यक्त गर्दै आगामी योजनाहरुका बारेमा सुझाव दिनु भयो ।
बैठकमा स्वागत मन्तव्य नेकपा एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर र वैठक सञ्चालन सचिव हिरा थोकरले गर्नुभयो । बैठकको रिर्पोटिङ उपसचिव धर्मेन्द्र मोक्तानले र बैठकको व्यवस्थापन उपसचिव कमला वस्नेतले गर्नुभयो ।
पार्टीको विधान अनुसार निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुले निर्वाचनको समिक्षा तथा सुझाव प्रतिवेदन प्रस्तुत गर्नुभयो । बैठकले १६ जनालाई जिल्ला कमिटी सदस्यमा मनोनयन गर्नुका साथै पालिका इन्चार्ज तथा सहइन्चार्जको जिम्मेवारी तोकेको छ ।
माघ २१ र २२ गते चरिकोटमा बसेको पहिलो बैठकले मनोनयन तथा जिम्मेवारी तोकेको नेकपा एमाले दोलखाको प्रचार तथा प्रकाशन विभागले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
बैठकले विधान बमोजिम निर्वाचित जिल्ला कमिटीको १० प्रतिशत बराबर संख्या र एकिकरण प्रक्रियामा अन्य पार्टीबाट एमाले प्रवेश गरेका गरी जम्मा १६ जनालाई जिल्ला कमिटी सदस्य पदमा मनोनित गरेको छ । मनोनित हुनेहरुमा जिवसराज खड्का, ऋषिकेश उप्रेती, कमलराज खत्री, हेमन्त चौलागाँई, धनबहादुर तामाङ, हरि ओली, छिरीङ वाङ्दे शेर्पा, सोम बम्जन रहनुभएको छ ।
त्यसैगरी कुमार लगुन, दिपेन्द्र शिवाकोटी, गणेश प्रसाद शिवाकोटी, दुर्गा प्रसाद काफ्ले, हिरण्य बहादुर गुरुङ, निमा साङ्गे शेर्पा, सन्तोष राउत र दिनेश बस्नेतलाई जिल्ला कमिटी सदस्य पदमा मनोनित गरेको छ ।
भूगोलतर्फको जिम्मेवारी बाँडफाँड अन्तर्गत पालिकाहरुमा इन्चार्ज तथा सह–इन्चार्जको जिम्मेवारी पनि तोकिएको छ ।
कसले पाए कुन जिम्मेवारी ?
विभाग र जनसंगठनमा जिम्मेवारीः
जिल्ला पार्टीको समग्र नेतृत्व तथा जनसंगठन समन्वय विभाग प्रमुख : नरबहादुर श्रेष्ठ
प्रचार तथा प्रशारण विभाग प्रमुख : राजेन्द्र मानन्धर
संगठन विभाग प्रमुख : हिरा थोकर
अखिल नेपाल महिला संघ इन्चार्ज : कमला वस्नेत
पार्टी स्कुल विभाग प्रमुख : . धर्मेन्द्र मोक्तान
आर्थिक विभाग प्रमुख : मुरारी शिवाकोटी
शिक्षा तथा मानव स्रोत विभाग प्रमुख : शान्त केसी
नेपाल वुद्धिजीवि परिषद् विभाग प्रमुख : रामप्रसाद सापकोटा
स्थानीय तह तथा भौतिक पूर्वाधार विभाग प्रमुख : टंक जिरेल
सामाजिक सेवा विभाग प्रमुख : टपिन्द्र खड्का
कानून विभाग प्रमुख : विश्वराज भण्डारी
सहकारी ताथ गरिवी निवारण विभाग प्रमुख : हेमन्त चौलागाईं
उद्योग तथा वाणिज्य विभाग प्रमुख : शिवजी राउत, उपप्रमुखहरु, श्यामसुन्दर शिवाकोटी, दिनेश वस्नेत
नेपाल खेलकूद महांसघ इन्चार्ज : नेत्र मोक्तान, सहइन्चार्ज सज्जन लामा
उत्पीडित जातिय समाज इन्चार्ज: . कुमार लगुन, सह इन्चार्जहरु तेज खाती, प्रल्हाद लामिछाने
दोलखा काठमाडौं सम्पर्क मञ्च इन्चार्ज : गणेश शिवाकोटी
युवा तथा वातावरण विभाग प्रमुख : राजेश श्रेष्ठ, उपप्रमुखहरु. किशोर नेपाली, शान्त जिरेल
वन तथा वातावरण विभाग प्रमुख : मनमाया जिरेल, उपप्रमुख पावर्ती थापा
जलस्रोत, सिंचाई तथा उर्जा विभाग प्रमुख : इश्वर न्यौपाने
खानेपानी तथा सरसफाई विभाग प्रमुख : सीता केसी
कृषि तथा पशुपङ्क्षी विभाग प्रमुख : तेज खाती
स्थास्थ्य तथा जनसंख्या विभाग प्रमुख : ध्रुव आचार्य
राष्ट्रिय युवा संघ नेपाल इन्चार्ज: महाराज गुरुङ, सह इन्चार्ज, धिरज सुवेदी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इन्चार्ज : शक्ति पाठक
विपद् व्यवस्थापन विभाग प्रमुख : सुन्दर कार्की
जनसांस्कृति मञ्च इन्चार्ज, : कुइसाङ रुम्बा
नेपाल लोकतान्त्रिक जनजाति महासंघ इन्चार्ज : छिरिङ वाङ्दे शेर्पा, सह इन्चार्जहरु. टहल थामी, . धनबहादुर थामी
पर्यटन प्रवद्र्धन विभाग प्रमुख हरि वली, सह इन्चार्ज वासु श्रेष्ठ
जिल्ला सल्लाहकार परिषद्
संयोजकः शंकरलाल श्रेष्ठ,
सचिवः शिवहरी थापा
जेष्ठ कम्युनिष्ट मञ्च
संयोजकः क. रामदाश श्रेष्ठ
सचिवः क. धनबहादुर थामी
मनोनित जिल्ला कमिटि सदस्यहरु:
१) जिवसराज खड्का २) ऋषिकेश उप्रेती ३) कमलराज खत्री ४) हेमन्त चौलागाईँ ५) धनवहादुर तामाङ ६) हरि ओली ७) छिरिङ वाङ्दे शेर्पा ८) सोम बम्जन ९) कुमार लगुन १०) दिपेन्द्र शिवाकोटी ११) गणेश प्रसाद शिवाकोटी १२) दुर्गाप्रसाद काफ्ले १३) हिरण्य बहादुर गुरुङ १४) निमा साङ्गे शेर्पा १५), सन्तोष राउत १६) दिनेश वस्नेत
भूगोलतर्फ जिम्मेवारी:
भीमेश्वर नगरपालिका कमिटि इन्चार्ज
इन्चार्जः नवीन लामा
सह इन्चार्जः कैलास श्रेष्ठ
जिरी नगरपालिका कमिटि इन्चार्ज
इन्चार्जः गोपाल जिरेल
सह इन्चार्जः तेजबहादुर खड्का, कृष्णमाया बुढाथोकी
गौरीशङ्कर गाउँपालिका कमिटी इन्चार्ज
इन्चार्जः स्वयमबहादुर खड्का
सह इन्चार्जः जेवि गुरुङ, झलक कार्की
वैत्यश्वर गाउँपालिका कमिटी
इन्चार्जः ऋषिकेश उप्रेती
सह इन्चार्जः रेशम रिमाल, डबलबहादुर तामाङ
तामाकोसी गाउँपालिका कमिटी
इन्चार्जः देवी शर्मा
सह इन्चार्जः. नवीन नेपाली, धिरज सुवेदी
मेलुङ गाउँपालिका कमिटी
इन्चार्जः छत्रराज उप्रेती
सह इन्चार्जः गायत्री आचार्य, सोम बम्जन
शैलुङ गाउँपालिका कमिटी
इन्चार्जः धनबहादुर तामाङ
सह इन्चार्जः इश्वर न्यौपाने, लालमाया योञ्जन
कालिञ्चोक गाउँपालिका कमिटी
इन्चार्जः रोहितचन्द्र खड्का
सह इन्चार्जः गणेश प्रसाद शिवाकोटी, लक्ष्मण थामी
विगु गाउँपालिका कमिटी
इन्चार्जः कुमार खड्का
सह इन्चार्जः गोमा केसी, प्रवीण खड्का
प्रकाशित | २४ माघ २०७८, सोमबार १९:१६