काठमाडौंमा एकैदिन १२ सय ६५ सवारी चालकलाई कारवाही

काठमाडौं– एकैदिन काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार २६५ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।

आइतबार काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट उनीहरुलाई कारवाही गरिएको उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने ९१ जना, क्षमता भन्दा बढी यात्रु राख्ने १४ जना, रातो बत्तीको उल्लंघन गर्ने ४८ जना चालक रहेका छन्  ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ५० जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ५७ जना, अवस्था ठिक नभएको सवारी साधन चलाउने २२ जना र मदिरा पिएर सवारी साधन चलाउने ४५ जना पनि कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।


प्रकाशित | २४ माघ २०७८, सोमबार १३:५४