एनआरएनए साइप्रसको अध्यक्षमा कुन्दन कार्की विजयी

साइप्रस-  गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् साइप्रसको अध्यक्षमा कुन्दन कार्की निर्वाचित हुनु भएको छ । कार्की आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

निर्वाचनको बुधवार जारी परिणाम अनुसार कार्कीले २४० मत पाएर बिजयी हुँदा अध्यक्ष पदको अर्को उम्मेद्वार सरस्वती खनालले ९२ मत मात्र पाउनु भयो ।

एनआरएनए साइप्रसको निर्वाचनमा अध्यक्ष र ७ कार्यसमिती सदस्यको मात्र निर्वाचन भएको थियो । ७ सदस्य पदका लागि भएको निर्वाचनमा कल्पना कोइराला घिमिरे, कर्चुङ डोल्मा, बिन्दु दुलाल आचार्य, बिना थापा , नानु गुरुङ , प्रकाश बराइली र सुरज साहनी बिजयी हुनु भयो ।

बरिष्ठ उपाध्यक्षमा किस्मत पौडेल, उपाध्यक्षमा राजन श्रेष्ठ र महिला उपाध्यक्षमा सितामाया तमाङ, महासचिबमा राधा पोख्रेल, कोषाध्यक्षमा सरु नेपाल, युबा संयोजकमा रबि प्रसाद चौरासिया र महिला संयोजकमा पिङला गौतम यस अघिनै निर्बिरोध निर्बाचित भइसक्नु भएकोछ । आइसिसी सदस्यमा सुबाश मल्ल पनि निर्बिरोध निर्बाचित हुनु भएको छ ।

यस्तो छ मत परिणाम


प्रकाशित | २० श्रावण २०७८, बुधबार २०:२७