सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाउनु भएको छ । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण केन्द्रीय समिति बैठक शुक्रबार ११ बजे भर्चुअल बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिनु भयो । कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।


प्रकाशित | १३ माघ २०७८, बिहीबार १६:१६