इजरायलबाट ‘मेगा रेमिट’ सेवा शूरु

काठमाडौं : मेगा बैंक नेपाल लिमिटेडले इजरायलबाट पनि रेमिट्यान्स सेवा सुरु गरेको छ । ‘मेगा रेमिट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा इजायलबाट पनि सो सेवा शूरु गरिएको हो । इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी) सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो ।

नेपालीहरूले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभर छरिएका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिने भन्दै मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरूमा जोड्ने क्रमलाई तीव्रता दिएको छ । जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरूलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले विश्वास लिएको जनाएको छ । जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालीहरूले नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् ।


प्रकाशित | २ असार २०७६, सोमबार १६:४७