एमसीसी यथास्थिति स्वीकार गर्न नसक्ने नेता श्रेष्ठको भनाइ

काठमाडौँ । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यथास्थिति स्वीकार गर्न नसक्ने बताउनु भएकोका छ ।

एमसीसी अनुमोदनका लागि समय माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा प्रचण्डले मिलेर लेखेको पत्र सार्वजनिक भएका कारण माओवादीको दृष्टिकोण र अडान फरक नपर्ने भन्दै श्रेष्ठले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘प्रम देउवा र अध्यक्ष प्रचण्डद्वारा एमसिसि अमेरिकालाई पठाइएको भनी सार्वजनिक गरिएको पत्रका कारणबाट एमसिसि कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन ।’


प्रकाशित | २३ माघ २०७८, आईतवार १६:५०