पाल्पामा जीपको ठक्करबाट वृद्धाको मृत्यु

पाल्पा : पाल्पाको रामपुरमा जीपको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ग २ च ३०९४ नम्बरको बोलेरो जीपको ठक्करबाट रामपुर नगरपालिका–४, स्थित ईस्लामपुरमा बस्ने ७५ वर्षीय सकिना मियाँको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृषराज सापकोटाका अनुसार घाइते भएकी मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो। जीपका चालक र जीप प्रहरी नियन्त्रणमा रहेको छ । रामपुरको ईस्लामपुरस्थित मुख्य सडकबाट भित्रि सडकमा जाने क्रममा सडक छेउमा उभिनुभएका मियाँलाई जीपले एक्कासी ठक्कर दिएको सापकोटाले जानकारी दिनुभयो ।


प्रकाशित | १० बैशाख २०७६, मंगलवार १७:२५