नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा गरिएको परिक्षणको क्रममा २७४ जना थपिएका हुन ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । आज थपिएका सहित नेपालमा संक्रमितको संख्या १९ हजार ५ सय ४७ जना पुगेको छ।

बिहीबार थप २२७ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म ५२ जना संक्रमितको मृत्यु भएको छ।


प्रकाशित | १५ श्रावण २०७७, बिहीबार १६:४१