उपत्यकामा ६४७ सहित १ हजार ३१३ संक्रमित थपिए, १ हजार ४५५ डिस्चार्ज, ६ जनाको मृत्यु

काठमाडौं : नेपालमा थप १ हजार ३१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १२ हजार २६२ नमुना जाँचमध्ये १ हजार ३१३ जनामा संक्रमण देखिएको हो।

यो सँगै संक्रमितको कूल संख्या ७० हजार ६१४ पुगेको छ। २४ घण्टामा १ हजार ४५५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ। हाल देशभर १८ हजार २९९ जना संक्रिय संक्रमित छन् ।

शुक्रबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ५९ पुगेको छ।

५ वटा जिल्लाका ३ महिला र ३ पुरुष गरी ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मोरङमा ६० वर्षीया महिला र ५५ वर्षीय पुरुष, सप्तरीमा ७० वर्षीय पुरुष, ललितपुरमा ५१ वर्षीय पुरुष, काठमाडौंमा ७५ र कपिलवस्तुमा ७० वर्षीया महिलाको मृत्यु भएको छ।

यसअघि बिहीबार नेपालमा १७ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

त्यस्तै, काठमाडौं उपत्यकामा ६४७ जनामा संक्रमण देखिएको छ। काठमाडौंका ५०३, भक्तपुरका ५१ र ललितपुरका ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।


प्रकाशित | ९ आश्विन २०७७, शुक्रबार १६:४१