नेपालमा थप ५५८३ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप ५५८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै छन्। पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन्।
हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन्। सोही अवधिमा ९ जनाको मृत्यु भएको छ।


प्रकाशित | १८ माघ २०७८, मंगलवार १८:१०