एपोलो क्यानडा स्ट्डी फेयर २०२३ आयोजना हुँदै

काठमाडौँ -उच्चशिक्षा हासिल गर्न क्यानडा जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी गोरेटो एजुकेशन कन्सल्टेन्सी बानेश्वर, इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर पुतलीसडक र पपुलर एजुकेशन कन्सल्टेन्सी डिल्लीवजारले संयुक्तरुपमा एपोलो क्यानडा स्ट्डी फेयर २०२३ को आयोजना गरेको छ।

जर्जियन कलेज र जर्जियन एट आईलक टोरोन्टोको संयुक्त सहकार्यमा उक्त कार्यक्रम आयोजना हुन लागेको हो। उक्त शैक्षिक मेलामा बिध्यार्थीहरूलाई क्यानडियन एजुकेशन सिस्टम, क्यानडा जानु अघि गर्नुपर्ने तयारी र क्यानडाको अवसरको बारेमा जानकारी गराउन जर्जियन कलेजकी इन्टरनेसनल एजुकेसन एण्ड डेभलपमेन्ट डाइरेक्टर स्टेफेनी बेरी र कन्ट्री रिप्रिजेन्टेटिभ् साउथ एसिया रोहन रावतले आ-आफ्नो प्रस्तुती दिनुहुनेछ।

कान्तिपथ जमलमा अवस्थित एल्लो पेगोडा होटलमा फेब्रुअरी १० शुक्रबारका दिन आयोजना हुन गइरहेको उक्त क्यानडियन एजुकेशन फेयरमा जर्जियन एट आईलकका रिजनल रिक्रूटमेंट मेनेजर सौरभ पटेल र इन्टरनेसनल स्टुडेन्ट एड्भाइजर रितीका मल्होत्राले समेत आफ्नो अनुभव सुनाउनु हुने इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टरका सिइओ इन्जिनियर राम खड्काले जानकारी गराउनु भयो।

बैदेशीक शैक्षिक गन्तव्यमा क्यानडा नै किन ?
अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको उत्कृष्ट शैक्षिक गन्तव्यको रूपमा क्यानडा अग्रस्थानमा पर्दछ। क्यानाडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई उच्च गुणस्तरको शिक्षाको साथ बिश्व स्तरीय ज्ञान, शिप र क्षमता प्रदान गर्दछ। क्यानाडाली डिप्लोमा र डिग्रीहरू विश्वव्यापी रूपमा मान्यता प्राप्त छन् र विश्वभरका विद्यार्थीहरूले छनौटको लोकप्रिय गन्तव्यको रूपमा क्यानाडा रोज्नुका थुप्रै कारणहरू छन्।

शिक्षाको गुणस्तर, सांस्कृतिक विविधता, कमाउदै सिक्दै गर्ने अवसर, मानव अधिकारको उच्च कदर भएको राष्ट्र र उज्ज्वल भविष्य कै कारण क्यानडा अन्तर्राष्ट्रिय बिद्यार्थीहरुको सामु आकर्षक शैक्षिक गन्तव्यको रूपमा चिनीएको छ। क्यानडा गई उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीलाई एल्लो पेगोडा होटलमा फेब्रुअरी १० शुक्रबारका दिन आयोजना हुन गइरहेको उक्त क्यानडियन एजुकेशन फेयर लाभदायक देखिन्छ।


प्रकाशित | १८ माघ २०७९, बुधबार २२:३३