एमसीसीलाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं – बाबुराम भट्टराई

काठमाडौं – जनता समाजवादीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी अनुदान मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्नुपर्ने बताउनु भएको छ । भट्टराईले आइतबार राति ट्वीट गर्दै एमसिसी तत्काल पारित गरिनुपर्नेमा जोड दिनु भएको हो ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊ । एमसीसीको वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढीवादी ‘कम्युनिष्ट’का लागि घॉटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’, उहाँले ट्वीटरमा लेख्नु भएको छ ।


प्रकाशित | १७ माघ २०७८, सोमबार ०९:१०