आज विश्व थाइराइड दिवस

काठमाडौं: आज विश्व थाइराइड दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरि मनाईँदैछ । सन् २००८ देखि हरेक वर्ष मे २५ मा विश्वभर थाइराइड ग्रन्थी सम्बन्धी रोगका बिरामी बढ्न थालेपछि यसबारे जनचेतना दिने उद्देश्यले मनाउन थालिएको हो । दिवसका अवसरमा सरकारी तथा यसमा काम गर्ने नीजि गैरसरकारी संस्थाहरुले र्‍यालीलगायत जनचेतनामूलक कार्यक्रम, छलफल तथा स्वास्थ्य शिविर गरिंदैछ । पछिल्लो १०र१५ वर्ष यता नेपाल थाइराइडका बिरामीहरु बढ्दै गएका छन् ।

पछिल्लो समय नेपालको जनसंख्याको ४ दशमलव ५ प्रतिशत मानिसलाई थाइराइड रहेको चिकित्सकहरुले बताएका छन् । दिवसको अवसरमा अल्का अस्पतालबाट सुरु भएको र्‍याली जावलाखेल, कुमारीपाटी, मंगलबजार, पुल्चोक हुँदै पुन अल्का अस्पतालमा आएर समापन भएको थियो । विश्व थाइराइड दिवसका अवसरमा अल्का अस्पतालले बिहान ९ बजेबाट अपरान्ह ४ बजेसम्म निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दैछ ।


प्रकाशित | ११ जेष्ठ २०७६, शनिबार १३:२०