एनआरएनए दक्षिण अफ्रिकाको अध्यक्षमा डा. पुष्पराज भट्टराई पुन: निर्वाचित

दक्षिण अफ्रिका । गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिती दक्षिण अफ्रिकाको अध्यक्षमा डा पुष्पराज भट्टराई पुन: चयन हुनु भएको छ । आगामी कार्यकाल २०२१-०२३ को लागि भट्टराई पुन: चयन हुनु भएको हो ।

त्यस्तै, महासचिवमा डा. अभय कार्की, कोषाध्यक्षमा डा. दिनेश केसी र सदस्यहरुमा डा. मधु पाण्डे केसी र कल्पना गैरै चयन हुनु भएको छ ।

त्यसैगरि, डा. गोपाल ज्ञवाली सल्लाहकारमा चयन हुनु भएको छ । अन्य रिक्त पद पछि चयन गर्ने अध्यक्ष डा. भट्टराईले बताउनु भयो ।


प्रकाशित | १७ श्रावण २०७८, आईतवार १८:२१