नेपालमा थप ४९०४ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोरोना संक्रमण देखिएको छ । शभर गरिएको १० हजार १०१ पीसीआर र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ। कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ५ हजार ९२४ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ।

उक्त अवधिमा ६ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ। हाल १३९ जना क्वारेन्टाइनमा छन्। २८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।


प्रकाशित | १५ माघ २०७८, शनिबार १७:०५