त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक ७ घन्टा बन्द

काठमाडौं: त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि दैनिक ७ घण्टा बन्द गरिने भएको छ। आइतवार रातिबाट विमानस्थलको स्तरोन्नतिको दोस्रो चरणको काम सुरु गर्नुपर्ने भएकाले विमानस्थल फेरि दैनिक ७ घण्टा बन्द गरिन लागिएको हो । विमानस्थलको दोस्रो चरणको काम सेप्टेम्बर १ (भदौ १५गते आइतवार) अर्थात आजबाट सुरु हुने भएसँगै विमानस्थलमा ७ घण्टा उडान अवतरण बन्द गरेर स्तरोन्नतिको काम गर्न लागिएको हो ।

विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीका अनुसार सेप्टेम्बर १ देखि डिसेम्बर ३१ सम्म दोस्रो चरणअन्तर्गत स्तरोन्नतिको लागि राति साढे ११ बजेबाट बिहान साढे ६ बजेसम्म उडान अवतरण नै बन्द गरेर निर्माणको काम गरिनेछ । दोस्रो चरणमा प्यारालल ट्याक्सी–वे को काम सुरु हुनेछ, चिनियाँ कम्पनीले ८ महिनाभित्र ‘ट्याक्सी वे’को काम पूरा गर्ने लक्ष्य छ ।

स्तरोन्नतिका कारण विमानस्थल कार्यालयले विगतमा जस्तो उडान प्रभावित नहुने जनाइएको छ । हाल विमानस्थलमा आन्तरिक र वाह्य गरी दैनिक ४ सय उडान अवतरण हुने गरेका छन् । नयाँ स्वरूपको धावनमार्ग सञ्चालनमा आएसँगै विमानस्थल २४ सै घण्टा सञ्चालन गर्न सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यसको लागि निरन्तर मर्मतसम्भारको आवश्यकता भने पर्नेछ । नयाँ धावनमार्ग निर्माणसँगै अहिलेकै हवाइ चापको अवस्थामा पनि २० वर्षसम्म निरन्तर धावनमार्ग २४ घण्टा सञ्चालन गर्न सकिने प्रमुख क्षेत्रीले बताउनुभयो ।

विमानस्थलको धावनमार्गमा रहेको कालोपत्रे पूर्ण रूपमा फालेर पहिलो चरणमा नयाँ कालोपत्रे गर्ने काम पूरा भइसकेको अवस्था छ । धावनमार्गमा नयाँ कालोपत्रे बिच्छ्याउनका निमित्त चैत १८ असार १५ सम्म र उडान अवतरण वन्द गरेर पहिलो चरणको काम पूरा गरिएको थियो । ‘नोटिस फर एयरम्यान’ ९नोटाम० जारी गरेर राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा बन्द गरी धावनमार्ग स्तरोन्नतिको काम पूरा गरिएको हो । विमानस्थल असार १६बाट दैनिक २१ घन्टा सञ्चालनमा आएको थियो । हाल विमानस्थल ३ घण्टा (विहान ३ देखि ६ बजेसम्म) बन्द हुँदै आएको छ ।

नेपाल भ्रमण वर्षको पूर्वाद्र्धमा विमानस्थलको धावनमार्ग स्तरोन्नति सम्पन्न भएसँगै करिव ४४ वर्ष पुरानो कालोपत्रेविस्थापन गरिएको थियो । धावनमार्ग स्तरोन्नति भएसँगै विमानस्थल २१ घण्टा ९बिहान ६ बजेदेखि भोलिपल्ट बिहान ३ बजेसम्म० सञ्चालनमा आएको थियो । सन् १९७५ मा निर्माण गरिएको धावनमार्गको पिच पहिलोपटक पूरै फालेर नयाँ पिच राखिएको हो । धावनमार्गको ३ हजार ५० मिटर लम्बाइ र ६० मिटर चौडाइको कालोपत्रेलाइ पूर्ण रूपमा फालेर नयाँ कालोपत्रे गरिएको थियो ।

चीनको सरकारी कम्पनी चाइना नेसनल एग्रो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङले ४ अर्ब २७ करोड रूपैयाँको लागतमा धावमार्गको स्तरोन्नति र विमानस्थलको प्यारालल ट्याक्सी–वे,ट्रयाक्सी वे र धावानमार्ग जोड्ने लिंक रोड,रनवे सेन्टर लेन लाइट गरि तिन चरणको निमार्णको काम गरिँदैछ ।

विमानस्थलको दक्षिणपट्टि २ ठूला विमान पाकिङ गर्न मिल्ने निमार्ण काइ भइरहेको छ । टर्मिनल बिल्डिङ विस्तारको काम भइरहेको छ । विमानस्थलले थपिएको समयमा तीन विमान कम्पनीले उडान भरिरहेको जनाएको छ ।विमानस्थलको निमार्णकाइ सन् २०१९ भित्रै सकेर ‘नेपाल भम्रण वर्ष–२०२०’लागि २४ घण्टा उडान अवतरण गर्न योजना संस्कृति पइटन तथा नागरिक मन्त्रालयले काइयोजना सावर्जनिक गरि सकेको छ ।


प्रकाशित | १५ भाद्र २०७६, आईतवार ०९:३७