![](https://www.nepalpress.com/wp-content/uploads/2022/11/1220x120-.gif)
![](https://i0.wp.com/bishwokhabar.com/wp-content/uploads/2022/09/long-size.gif?fit=1000%2C130&ssl=1)
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित रवि लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी गर्नु भएको छ ।
सत्ता समीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री लामिछानेलाई नागरिकतासम्बन्धी मुद्दा हालिएको दाबी महासचिव पोखरेलको छ। महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणले सत्ता समीकरणमा फेरबदल नहुने प्रष्ट पार्नु भएको हो ।
‘राजनीतिक मिसन अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नहरुका कारण बिथोलिँदैन। समस्याको समाधान गरिन्छ,’ उहाँले भन्नुभयो, ‘पिआर लिएर विदेशमा बसेका थुप्रै व्यक्तिहरु नेपाल फर्किंदा स्वतः नेपाली नागरिक भएका आम अभ्यास रहेको छ।’
लामिछानेको नागरिकता विषयलाई अघि बढाएर सत्ता समीकरण फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा मुद्दा बनाइएको दाबी गर्नुभयो। लामिछानेको नागरिकतासम्बन्धी मुद्दा गत मंसिरको प्रतिनिधि सभा चुनावअघि नै सर्वोच्चमा पुगेको थियो।
‘कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो। तर यसले उनीहरुले सोचेजस्तो काम गर्दैन। किनकी राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले विथोलिने होइन,’ उहाँले थप्दै भन्नुभयो, ‘रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चमत्कारिक छ।’
अदालतमा त्यस्तै प्रकृतिका मुद्दाहरुको निरुपण गर्न उदासिन हुने र प्रक्रिया नै अगाडि नबढ्ने स्थिति हुने तर कतिपय मुद्दाहरुको फटाफट निर्णय हुने गरेको बताउनुभयो ।
गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएको थियो। तर आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर उहाँले पुनद्य नागरिकता लिइसक्नु भएको छ ।
प्रकाशित | १५ माघ २०७९, आईतवार १८:१४