विद्यालय फुटबलका लागि चौधरी ग्रुपको ५५ लाख प्रायोजन

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजना गर्न लागेको अन्तर स्कुल स्तरीय छात्र÷छात्रा फुटबल प्रतियोगितालाई चौधरीग्रुपले प्रायोजन गर्ने भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रम गर्दै चौधरी ग्रुप र एन्फाबीच सम्झौंता भएको छ । सम्झौंता अनुसार चौधरी ग्रुपले एन्फालाई ५५ लाख रुपैंया प्रदान गर्ने छ । सम्झौंता पाँच वर्षको रहेको छ ।

हरेका वर्ष पाँच – पाँच लाख बढाउदै लगिने चौधरी ग्रुपमा म्यानेजर निर्वाना चौधरीले जानकारी दिए । एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, र चौधरी ग्रुपका उपाध्यक्ष जिपी शाहले सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् । ५२ जिल्लाहरुमा स्कुल स्तरीय फुटबल प्रतियोगिता हुने छ । एन्फाका अनुसार देशभरका १५ सय स्कुलको सहभागिता रहने छ । १६ वर्ष भन्दा मुनिका खेलाडीले सहभागि हुन पाउने छन् । स्कुल स्तरिय फुटबल प्रतियोगिता आगमी जेठ दोस्रो साताबाट हुन सक्ने अध्यक्ष शेर्पाले जानकारी दिए । आधिकारीक मिती भने एन्फाले केहि दिनमै एक पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ ।

स्कुल स्तरिय फुटबलपछि छनौट भएका स्कुलहरुबीच प्रदेश स्तरिय फुटबल हुने छ । प्रदेशबाट छनोट भएका स्कुलहरुबीच राष्ट्रिय अन्तर स्कुल फुटबल प्रतियोगिता सञ्जालन हुने एन्फाले जनाएको छ । राष्ट्रिय अन्तर स्कुल फुटबल प्रतियोगिता १६ टोलीको सहभागिता रहने छ । (जिल्ला,प्रदेश र राष्ट्रिय स्तर) को कुल आयोजना गर्न १ करोड ५० लाख खर्च हुने अनुमान एन्फाको छ । जसमा नेपाल सरकारले ३० लाख रुपैंया सहयोग गर्ने छ ।

एन्फाले जिल्ला स्तरिय प्रतियोगितामा आफ्ना सदस्य बाहेक ४ नयाँ जिल्लालाई पनि यस प्रतियोगितामा सहभागिता गराउने छ । हस्ताक्षर पछि चौधरी ग्रुपका म्यानेजर निर्वाना चौधरीले आगमी पाँच वर्ष सम्म नेपाली फुटबलमा रहन पाउदा खुसि लागेको बताए ।
चौधरी ग्रुपलाई धन्यावद,हिजो सोचेको कुरा आज पुरा हुँदै छ । यो नगरे फुटबलको विकाश पनि हुन सक्दैन । नेपाली फुटबलमा नयाँ इतिहास सुरु भएको छ । म खुसि छु र चौधरी ग्रुपको प्रर्वद्धन गर्न म आजै देखी लाग्ने छु – शेर्पाले भने । एन्फाले ७७ जिल्लामा फुटबल खेलको विकाश साथै विस्तार गर्ने लक्ष्य राखेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार २०:०५