हैटीका राष्ट्रपतिको गोली हानी हत्या

काठमाडौँ । हैटीका राष्ट्रपतिको गोली हानी हत्या भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार राष्ट्रपति जोभेनल मोइसेको घरमा बुधबार अज्ञात हतियारधारीबाट गोली हानेर हत्या गरेका हुन ।

घटनामा उनकी श्रीमती पनि घाइते भएकी छन्। ५३ वर्षीय मोइसे सन् २०१७ मा हैटीको ५८ औँ राष्ट्रपति बनेका थिए। देशमा भ्रष्टाचार बढेको भन्दै सन् २०१८ देखि उनको राजीनामा माग हुँदै आएको थियो।

राजधानी लगायत र देशका अन्य शहरहरूमा पनि उनको राजीनामाको माग गर्दै व्यापक रूपमा विरोध प्रदर्शन हुँदै आएको थियो ।


प्रकाशित | २३ असार २०७८, बुधबार १७:५५