बस र ट्रक ठोकिँदा २ जनाको मृत्यु

बुटवल: नवलपुरमा बस र ट्रक ठोकिँदा २ जनाको ज्यान गएको छ । बिहिबार दिउँसो नवलपुरको देवचुलीमा ना ४ ख ५२९५ नम्बरको बसर र ना २ ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको भने २१ जना भन्दा बढी घाईते भएका छन् । गम्भिर घाइते भएर पुरानो मेडिकल कलेज भरतपुर पु¥याईएका २ जना महिलाको उपचारका क्रममा मृत्यु भएको र अरु घाईतेहरुको सोही ठाउ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।


प्रकाशित | १६ जेष्ठ २०७६, बिहीबार १६:१०