इवामुरा कलेज अफ हेल्थसाइन्सका भूत पुर्व विद्यार्थीहरुद्धारा भेटघाट कार्यक्रम

लोकेन्द्र (चिन्दाकास ) /भक्तपुर

इवामुरा कलेज अफ हेल्थ साईन्सका भूत पूर्व विद्यार्थीहरुको आयोजनामा विद्यार्थी भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कलेजमा अध्ययन पश्चात जहाँ गए पनि आफुले अध्ययन गरेको संस्था एउटा अभिभावक जस्तै भएकाले माया मार्नु नुहुने भन्दै भूत पूर्व विद्यार्थीहरुले सो भेटभाट कार्यक्रम आयोजना गरेका हुन । कार्यक्रममा भूपू विद्यार्थीहरुको बाक्लो सहभागिता थियो ।

उक्त कार्यक्रममा इवामुरा मेमोरियल हस्पीटलका डाइरेक्टर प्रोफेसर डा. उत्तमकृष्ण कर्माचार्यले मन्तव्य राख्नुहुँदै विद्यार्थीहरुको सकारात्मक कामका लागि आफु प्रसन्न भएको यस्ता कार्यक्रमहरुलाई विकासको क्रममा अगाडि बढाउनु पर्ने आवश्यकता औल्याउनुभयो । साथै उहाँले यसका लागि आफ्नो तर्फबाट पूर्णरुपमा सहयोग र समर्थन रहने बताउनुभयो ।
कार्यक्रममा कलेज प्रशिक्षक डा. महेश चौहान, कलेज सह संयोजक शैलेन्द्र प्रकाश बुढाथोकी, राजु मृगेन्द्र जोशी लगायतका बक्ताले भूपू विद्यार्थीको यो कदम कोशे ढुंगा सावित हुने साथै यसलाई निरन्तरता दिदै, प्रगतिको लागि शुभ कामना व्यक्त गर्नु भएको थियो ।

भूपू विद्यार्थीको तर्फवाट निरज भट्टले विगतलाई सम्झिँदै आफुहरुले आफ्नो अभिभावक कलेजलाई विर्सन नुहुने र आगामी दिनमा आफूहरु जहाँ गएपनि जहाँ रहेपनि सकारात्मक कामका लािग सबै विद्यार्थी लाग्नु पर्ने बताउदै उपस्थित सबैमा स्वागत मन्तव्य राख्नुभयो ।

कार्यक्रमबाट आगामी दिद्यार्थीहरुलाई समेट्ने गरि भई परि आउने समस्याहरु संग मुकाविला गर्न एउटा जुजारु कार्यसमितिको आवश्यक महसुस गर्दै यसको गठनका लागि एउटा तदर्थ समिति गठन गरिएको छ ।

समिति संयोजकमा कलम प्रसाद पाण्डे, सह संयोजक निरज राज भट्ट, सदस्यमा अनिल शर्मा, लव कुमार श्रेष्ठ, महेश्वर धिमाल, रुपेश जकिबञ्जार, सुनिता केसी, ममता साखकर्मी, तृष्णा लिम्बु रहनु भएको छ ।


प्रकाशित | १३ पुष २०७६, आईतवार १२:२५