भक्तपुरको सूर्यविनायकमा रक्तदान कार्यक्रम सम्पन्न

भक्तपुर : कोभिड १९ अर्थात कोरोना महामारी फैलिएर रगत अभाव भइरहेको बेला भक्तपुरको सूर्यविनायक रक्तदान कार्यक्रम आयोजना गरिएको छ । इन्द्रावती समाज सिन्धुपाल्चोक र डिएक्सएन भक्तपुर डासेन इन्टरप्राइजेज सूर्यविनायकको संयुक्त पहलमा आयोजित रक्तदान कार्यक्रममा ७० भन्दा बढीको सहभागिता रहेको थियो ।

डासेन इन्टरप्राइजेज प्रमुख देवराज श्रेष्ठका अनुसार कार्यक्रममा ३४ जनाले रक्तदान गरेका थिए । कोभिड १९ को महामारीमा रक्तदान गरि रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान आयोजना गरिएको देवराजले बताउनुभयो ।

इन्द्रावती समाज सिन्धुपाल्चोकका अध्यक्ष भूपेन्द्र थापाले रक्तदान गर्नेमा सिन्धुपाल्चोकबाट आई काठमाडौं उपत्यकाभित्र बसोबास गर्नेहरु रहेको जानकारी गराउनुभयो ।


प्रकाशित | १३ असार २०७७, शनिबार १२:३०