इन्डियन प्रिमियर लिग: कोलकता नाईट र रोयल च्यालेन्जर्स बैंगलोरबिच प्रतिस्पर्धा हुँदै

एजेन्सी : इन्डियन प्रिमियर लिग ९आईपीएल० को ३५ औं खेलमा आज कोलकता नाईट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबिच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८स्१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुने छ । यस अघि बेंगलोरको घरेलु मैदानमा कोलकता ५ विकेटले विजयी भएको थियो ।

जारी प्रतियोगितामा खराब प्रर्दशन गरि रहेको विराट कोहली कप्तान रहेको बेंगलोरलाई प्ले अफको झिनो अंक गणीतिय संभावना कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । अन्यथा बेंगलोरको अघिल्लो चरणको संभावना देखिदैन । जारी आईपीएलमा बेंगलोरको बलिङ निकै कमजोर ठहरिदै आएको छ । डेर्थ ओभरका रन रोन्न नसक्नु बेंगलोरको सबैभन्दा ठूलो समस्या हो ।

ब्याटिङमा एवि डी भिलियर्स,मोइन अली,मार्कस स्टोइनिस,पार्थिव पर्टेल र विराट कोहलीले राम्रो गर्दै आएका छन् । अन्यको प्रर्दशन सन्तोषजनक छैन । कोलकता नाईट राइडर्सलाई प्ले अफ बलियो बनाउन आजको खेल जित्नुपर्ने दबाब छ । कोलकताका आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गर्दै असम्भव बनेको जितलाई पनि सहज रुपमा जिताएका छन् ।

रसेल नचलेको खेलमा कोलकता पराजित भएको छ । कोलकताका अन्य दिनेश कार्तिक,क्रिस लिन,रोविन उथप्पा,नितेश राना राम्रो लयमा छन् । बेंगलोर ८ खेलमा ७ मा हार र १ मा जित सहित २ अंकका साथ पुछारमा छ । कोलकता ८ खेलमा समान ४ मा जित र ४ मा हारका साथ छैटौं स्थानमा रहँदा चेन्नई सुपर किंग्स शीर्ष र मुम्बई दोस्रो स्थानमा छन् ।


प्रकाशित | ६ बैशाख २०७६, शुक्रबार १९:०४