लेखापरीक्षण प्रतिवेदन नबुझाउने तीन वटा राजनीतिक दलको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले तीन वटा राजनीतिक दलहरुको दर्ता खारेज गरेको छ । आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीन दलको दर्ता खारेज गरिएको जनाएको हो ।

खारेज हुनेमा नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका तीन दल छन् । उनीहरुले लेखापरीक्षण प्रतिवेदन नबुझाएको आयोगले जनाएको छ ।

आयोगका अनुसार गत साउन २० मा यी दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आग्रह गरिएको थियो । तर लेखापरीक्षण र आयोगको सूचना बमोजिम जरिवाना पनि नबुझाएकोले खारेज गरिएको हो ।  लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना तोकेको थियो ।


प्रकाशित | ७ माघ २०७८, शुक्रबार ११:४८