सांसद शान्ता चौधरी ११ मा भर्ना भइन्, रोल नम्बर ६२

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सचेतक शान्ता चौधरी उच्च शिक्षाका लागि कक्षा ११ मा भर्ना हुनुभएको छ । चौधरी काठमाडौंको रत्नराज्य माविमा कक्षा ११ मा भर्ना हुनुभएको हो । उहाँले यसै वर्ष एसइई उत्तिर्ण गर्नुभएको थियो । आज १० बजे नयाँ बानेश्वर स्थित रत्नराज्य पुगेर भर्ना हुनुभएको हो । उहाँले मानविकी विषय लिनुभएको छ । चौधरीको रोल नम्बर ६२ परेको छ ।


प्रकाशित | २४ श्रावण २०७६, शुक्रबार १२:१०