भारतमा एकैदिन ३ लाख भन्दा बढिमा कोरोना संक्रमण पुष्टि

काठमाडौं – भारतमा एकैदिन ३ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १७ हजार ५ सय ३२ जना मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार भारतमा झण्डै ८ महिनापछि ३ लाख भन्दा धेरै कोरोना संक्रमित भेटिएका हुन् । यस्तै, गत २४ घण्टामा कोरोनाका कारण ४ सय ९१ जनाको मृत्यु भएको छ । २ लाख २३ हजार ९ सय ९० जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म भारतमा ९ हजार २ सय ८७ जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।


प्रकाशित | ६ माघ २०७८, बिहीबार १४:२२