एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पाटनरस् मिट सम्पन्न

काठमाडौं – एजुकेशन सेन्टर अफ अष्ट्रेलियाको पाटनरस् मिट सम्पन्न भएको छ। लामो समयदेखि एजुकेशन सेन्टर अफ अष्ट्रेलियाका विभिन्न असोसीयटेड युनिभर्सिटी, कलेज र इन्स्टिच्युटहरुमा विद्यार्थीहरु पठाउँदै आएका पाट्नरहरुलाई एकै स्थानमा राखी सेमी भर्चुयल मोडालिटीमा उक्त पाटनरस् मिट आयोजना गरिएको हो।

काठमाडौंको याक एण्ड यती होटलमा आयोजना गरिएको उक्त पाटनरस् मिटमा सिड्नीबाट भर्चुयली जोडिँदै गरेका बिभिन्न इसिए पदाधिकारीहरुको र काठमाडौंमा उपस्थित इसिए परिवार र पाट्नरहरुलाई संयुक्तरुपमा एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले स्वागत मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रमलाई अगाडी बढाउने सन्दर्भमा एसियका असोसीयट डाइरेक्टर सेल्स रोडरीगो ज्युमएरियाजले एसिया अन्तर्गतका भिक्टोरीया युनिभर्सिटी, स्वेन्बर्न युनिभर्सिटी अफ टेक्नोलोजी, चाल्स् स्टट युनिभर्सिटी, युनिभर्सिटी अफ क्यानबेरा, लण्डन मेट्रोपोलीटन युनिभर्सिटी र इसिए ग्रुप अन्तर्गतका एसिया प्यासिफिक इन्टरनेसनल कलेज, इएलयसआइयस इङ्लिस ल्याङ्ग्वेज स्कुल, इसिए ग्याजुएट इन्स्टिच्युट, इसिए कलेज, इसिए प्रोफेशनल यर, अष्ट्रेलियन कलेज अफ केयर लिडरसिप एण्ड मेनेजमेन्ट, इसिए इन्टर्नसिप, हायर एजुकेशन लिडरसिप इन्स्टिच्युट लगायतका शैक्षिक संस्थाले प्रदान गर्ने कोर्स, फिइस्ट्क्चर र सेवा सुविधाका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो।

त्यसैगरी, भर्ना सम्बन्धी थप जानकारी एसीयाकी डाइरेक्टर अफ एड्मिसनस् ली केण्डी डेभिड्सन ले जानकारी गराउनु भएको थियो।

प्रस्तुति कै क्रममा साउथ एसियन मुलुकका विद्यार्थीहरूको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै एजुकेशन सेन्टर अफ अष्ट्रेलियाले प्रसिद्ध युनिभर्सिटी, कलेज र इन्स्टिच्युट लाई पाट्नर र बिध्यार्थीहरूको सामु उपस्थित गराएको र भबिस्यमा पनि यस्ता अबसरहरूको निरन्तरता दिन प्रतिबद्ध रहेको सिनियर इन्टरनेसनल रिजनल मेनेजर सबकन्टिनेन्ट स्टेफेन होफमानले स्पष्ट पार्नु भएको थियो।

त्यसैगरी इसिए ग्रुपका सिइओ रूपेश सिंङले सेल्स मार्केटीङ स्टाटिजी अफ न्यु प्रडक्टका बारेमा जानकारी गराउँदै पाट्नरहरुलाई न्यु प्रडक्टको प्रतिक्रिया बटुल्नु भएको थियो। प्रतिक्रियाका आधारमा इसिएले आफ्नो मार्केटीङ इस्टाटीजी अगाडी बडाउने कुरा समेत जानकारी गराउनुभयो। कार्यक्रममा सेमी भर्चुयल भएता पनि निकै इन्टरयाक्टीभ रहेको थियो।

त्यसैगरी, एसियाको सफलतामा पाट्नरहरुकै योगदान रहेको र भविष्यमा पनि पाट्नरहरु बाट तेतिकै योगदानको आशा रहेको राजेश सिंहले जानकारी गराउनुभयो।

उत्कृष्ट पाट्नरहरुलाई शिल्भर, गोल्ड र प्लाटीनम पार्टनरका रुपमा सम्मान तथा प्रमाणपत्र समेत प्रदान गरिएको थियो। एजुकेशन सेन्टर अफ अष्ट्रेलिया इसिएका कन्ट्री मेनेजर हर्मित जिलले कार्यक्रमलाई भब्य, सब्य र मर्यादित बनाउन सहयोग गर्नु हुने सम्पुर्णमा धन्यबाद ब्यक्त गर्दै अर्को बर्षको पाट्नरस् मिट कम्बोडिया हुने जानकारी गराउदै,त्यहाँ उपस्थित हुनकालागि समेत आह्वान गर्नु भएको थियो ।


प्रकाशित | ३ माघ २०७८, सोमबार १०:२०