चीनमा पनि मनाइयो टोपी दिवस

काठमाडौं : चीनको ग्वान्जाओस्थित नेपालको महावाणिज्य दूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) चीनको समन्वयमा चीनमा पनि टोपी दिवस मनाइएको छ । एक कार्यक्रम आयोजना गर्दै टोपी दिवस मनाइएको हो ।

टोपी दिवस कार्यक्रममा चीनमा बस्ने ब्यापारी, विद्यार्थी, विभिन्न कम्पनीमा काम गर्ने नेपाली समुदायको उपस्थिति रहेको एनआरएनए चीनका अध्यक्ष प्रदिप न्यौपानेले जानकारी गराउनुभयो । अध्यक्ष न्यौपानेका अनुसार चीनमा हरेक वर्ष टोपी दिवस मनाइँदै आएको छ ।

कार्यक्रममा महावाणिज्यदूत हरिशरण पुडासैनीले नेपाली शान टोपी दिवस मनाउन पाउँदा खुसी ब्यक्त गदै चीनमा नेपाली ब्यापारी र विद्यार्थीलाई कुनै समस्या आएमा समाधानमा कटिबद्ध भएर लाग्ने पनि बताउनुभयो ।

सोही कार्यक्रमको अवसर पारेर चीनमा नेपाल एअरलाईन्स सञ्चालनमा ल्याउन र नेपालीका समस्याको विषयमा एनआरएनए चीनले ध्यानर्कषण गराइएको थियो । एनआरएनए चीनका अध्यक्ष न्यौपानेले महावाणिज्यदूतावासले पनि माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएको बताउनुभयो । कार्यक्रम दूतावासको भाईस कन्सुलर शरद ढुंगानाले सञ्चालन गर्नुभएको थियो ।


प्रकाशित | १७ पुष २०७७, शुक्रबार १७:१९