नवलपरासीमा हावाहुरीका कारण एक बालिकाको मृत्यु, दर्जनौ घरमा क्षति

नवलपरासी: नवलपरासीमा हावाहुरीका कारण एक बालिकाको मृत्यु भएको छ भने दर्जर्नौं घरमा क्षति भएको छ । आइतबार बेलुका आएको नवलपरासीको विनयी त्रिवेणीमा हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर सोही ठाउका लालन यादवको १० वर्षीया छोरी अञ्जलीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीले जनाएको छ । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी जनाएको छ ।


प्रकाशित | २० जेष्ठ २०७६, सोमबार १०:२७