सुदूर पश्चिममा ‘मोबाइल ब्लड बैंक बस’ परियोजना सफल भएकोमा अत्यन्तै खुसी छु : हिक्मत थापा

हिक्मत थापा – गैर आवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष तथा परियोजना सहसंयोजक

सन् २०१९ मा म कोषाध्यक्ष हुँदा नेदरल्याण्डमा बस्नु हुने फडिन्द्र पन्त जीले मोबाइल ब्लड बैंक बसको प्रस्ताव ल्याउनु भएको थियो । त्यो बेलाको कार्यसमितिले सो प्रस्तावलाई पारित गरेर चितवनमा परियोजना सञ्चालन गर्ने भनेर चितवन बासी समेत रहनु भएको हालका सचिव गौरी राज जोशीको सयोजकत्वमा एक समिति निर्माण गर्यो र हामीले परियोजना अगाडि बढाएका हौ ।

विशेष गरि पहिलो बस परियोजना सफल भएपछि हामीले दोस्रो परियोजनाप्रति उत्साहीत भएर विकट ठाउँमा यो अत्यन्तै आवश्यक र प्रभावकारी हुन्छ भन्दै सुदुरपश्चिम प्रदेशको लागि अभियान शूरु गर्यौ । अभियान सञ्चालनको दौडानमा कोभिड-१९ महामारीका कारण कोभिड पीडितको सहयोगमा जुट्नुपर्दा अभियानमा केहि ढिला भए पनि अन्तत: अभियान सफल भएकोमा अत्यन्तै खुसी छ ।

म आफै सुदुरपश्चिम बासी भएको नाताले पनि सबैभन्दा पछाडि परेको क्षेत्रमा गर्ने भनेर प्रस्ताव गरेकोमा सबै प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्न चाहान्छु । परियोजना सफल भएकोमा विदेशमा रहेका सुदुर पश्चिमका विभिन्न समाजहरु, एनआरएनए आइसिसी, एनसिसीहरु, अफ्रिकाका गैर आवासीय नेपालीहरु र यसको नेतृत्व गर्नुहुने आइसिसी सचिव गौरी राज जोशीलगायत सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गर्न चाहान्छु ।

बसले सुदुरपश्चिमका सबै क्षेत्रमा सेवा प्रवाह हुने र कर्णाली प्रदेश, लुम्बिनीको बाँके, बर्दीयामा समेत पुग्नेछ । यसप्रति म असाध्यै खुसी छ । यो अभियान सातै प्रदेशमा अगाडि बढ्ने आसा समेत ब्यक्त गर्दछु ।


प्रकाशित | ३ माघ २०७८, सोमबार १९:१९