विनोद चौधरी कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा उद्योगी विनोद चौधरी निर्वाचित हुनु भएको छ । मधेसी आरक्षण कोटामा चौधरीसहित ५ जना निर्वाचित भएका हुन । कांग्रेसको सम्पन्न मतगणना अनुसार अजय चौरासियाले सबैभन्दा बढी मत ल्याउनु भयो । उहाँले २५२२ मत ल्याउनु भएको हो ।

त्यस्तै विनोद चौधरीले २२०६, चन्द्रमोहन यादवले २१३८, महेन्द्रकुमार रायले १९८४ र दिनेश यादवले १९५९ मत ल्याउनु भयो । पाँच जनामध्ये चौरासिया, चौधरी, राय र दिनेश यादव शेर बहादुर देउवा पक्षधर र चन्द्रमोहन यादव शेखर कोइराला पक्षको हुनुहुन्छ ।


प्रकाशित | ६ पुष २०७८, मंगलवार १५:५६