अमेरिकन आइडलको टप १० मा पुगे नेपाली गायक दिवेश पोखरेल, अगाडि बढ्न भोटिङ सुरु

न्युयोर्क : नेपाली गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा टप १० मा पुगेका छन् । अब टप १० बाट अगाडि बढाउन भोटिङ सुरु भएको छ । दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् ।

न्युयोर्क समय अनुसार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको हो । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिनेछ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।


प्रकाशित | २२ बैशाख २०७७, सोमबार १०:०९