एक वर्षमा सोचेभन्दा बढी काम गर्न सफल भएका छौ: शंकर पाण्डे

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ मा यतिबेला विकासको लहर छाएको छ । साविकको डाँछी गाविस वडा नं. ७,८ र ९ मिलेर बनेको यस वडामा विशेषत सडक, खानेपानी, स्वास्थ्य, शिक्षा क्षेत्रमा समस्या नै समस्या रहेको थियो । तर पछिल्लो एक वर्षमा नयाँ जनपतिनिधि आएपछि विकास निर्माणमा फड्को मार्दै गएको हो ।

विशेष गरि जनताको इच्छा, आकांक्षा र समस्यालाई आफ्नो काँधमा जिम्मेवारीपूर्वक लिदै घरदैलोमा सेवा दिन सक्रियतापूर्वक लागिपरेको वडाध्यक्ष शंकर पाण्डे आफूले निर्वाचनमा ब्यक्त प्रतिबद्धता पूरा गर्न दिनरात नभनी लागिरहनु भएको छ ।

वडामा नयाँ जनप्रतिनिधि आएको १ वर्ष पूरा भएको छ । एक वर्षमा सडक विकासले ठूलो सफलता पाएको छ । विशेष गरि गंगालाल मार्ग अन्तर्गत पर्ने चाबहिल-साँखु सडकखण्डका कारण केही बर्ष अघि सम्म पनि जनजिबन अस्तब्यस्त थियो । वर्षायाममा हिलाम्मे त हिउदमा धुलाम्मे बन्ने सडकखण्डले पछिल्लो एक वर्षमा काँचुली नै फेरेको छ ।

सडक विकासको मूल मेरुदण्ड हो । सडक विकास भएपश्चात अन्य विकासको आधार तयार हुन्छ ।

यस वडामा पनि सडकमा थुप्रै समस्या थिए । पेप्सीकोला ब्रम्हखेल सडकखण्डको अवस्था कम चुनौतीपूर्ण थिएन ।

बाटो निर्माणको लागि ठेक्का लागेपनि लामो समयदेखि काम नै हुन सकेको थिएन । तर निरन्तरको ताकेता र जनप्रतिनिधिको पहलका कारण यतिबेला यो सडकखण्डमा तिब्र रुपमा काम भइरहेको छ ।

४ दशमलब २२४ वर्ग किलोमीटर क्षेत्रफल रहेको यस वडामा अन्य थुप्रै सडकखण्डको अवस्था अस्तव्यस्त रहेको थियो । कतिपय सडकहरु जो पहिला नै ठेक्का लागेका थिए, तर काम अघि बढेका थिएनन् । सबल र सक्षम नेतृत्व भएकै कारण ती कामहरु निर्वाचित भएको केही समयमा नै सम्पन्न भए ।

वडामा एक मात्र सरकारी विद्यालय छ । विद्यालयमा एक हजारको हाराहारीमा विद्यार्थीहरु रहेका छन् । भौतिक संरचनाकै अभावमा अध्ययनअध्यापनमा समस्या रहेको थियो । यतिबेला भारत सरकारको सहयोगमा नमूना विद्यालय बनेको छ । नयाँ जनप्रतिनिधि आएपश्चात विद्यालय सुधारमा पनि क्रमश काम भइरहेको छ ।

विद्यालय सुधारका लागि नगरपालिकाले बनाएको रणनीति अनुसार यतिबेला विद्यालय सुधारका लागि काम भइरहेको छ । विद्यालयलाई नीजी विद्यालयसंग प्रतिस्पर्धा गर्ने गरी योजनाहरु अघि सारीएको छ ।

यस्तै वडा नं ५ मा एउटा डाँछी स्वास्थ्य चौकी रहेको छ । भवनको यतिबेला थप संरचना बनिरहेको छ । यसलाई थप व्यवस्थित र जनताको स्वास्थ्य जाँचमा थप प्रभावकारिता ल्याउनका लागि थप काम भइरहेको छ ।

त्यस्तै, एडीबीको सहयोगमा करिब ६० करोड लागतमा डाँछी खानेपानी आयोजना अगाडि बढेको छ । विशेषत खानेपानीको चरम अभाव रहेको यस वडामा अबको २ वर्षभित्रमा सकिने गरि दुत्र गतिमा काम भइरहेको छ । वडा नं ३, ४ र ५ लाई शुद्ध खानेपानी वितरण गर्ने उदेश्यले यो परियोजना अघि बढिरहेको हो ।

वडामा विभिन्न मठमन्दिरहरु बनेका छन् । विशेषत जेष्ठ नागरिकहरुका लागि यस वडामा जेष्ठ नागरिक पार्क बनेको छ । वडालाई व्यवस्थित एवं सुरक्षित बनाउन विभिन्न स्थानमा सीसी क्यामेरा जडान गरिएको छ । जनप्रतिनिधिहरुले आफ्नो जिम्मेवारी गहन रुपमा बहन गरेकै कारण पछिल्लो पटक यस वडामा विकासनिर्माणमा वहार आएको छ । यी त केहि उदाहरण मात्र हुन । वडामा यस्ता धेरै कामहरु भएका छन् जुन अहिले पूरा हुने चरणमा ।

वडा विकासका लागि बनाएका योजनाहरु कार्यान्वयन गर्दै जनताको घरदैलोमा विकासको लहर ल्याउन र प्राशाशनिक कामहरु चुस्त दुरुस्त सम्मपन्न गर्न वडा कार्यालय प्रतिबद्ध रहेको छ ।


प्रकाशित | १६ जेष्ठ २०८०, मंगलवार २०:३१