बेलायतबाट एक लाख ३० हजार मात्रा खोप आइपुग्यो

काठमाडौं । बेलायतले नेपाललाई एक लाख ३० हजार डोज खोप उपलब्ध गराएको छ । अस्ट्राजेनिकाको सो खोप आजै काठमाडौं आइपुगेको काठमाडौस्थित बेलायती राजदूताबासले जनाएको छ ।

नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले ट्वीटरमार्फत खोप बिहीबार काठमाडौँ आई पुगेका जानकारी दिँदै यसले नेपालमा कोभिड १९ को उच्च जोखिममा परेका व्यक्तिलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

राजदूत पोलिटले नेपाल बेलायतको सबैभन्दा पुरानो साथी रहेको बताउँदै दुई देशबीचको सहकार्यको इतिहास दुई शताब्दीभन्दा लामो रहेको स्मरण गर्नुभयो । उहाँले बेलायतले नेपाली जनतालाई महामारीसँग लडन सहयोग गर्दे आएको बताउँदै काठमाडौँ आएका खोपहरु बेलायतले कोभ्याक्सलाई गरेको सहयोग अनुदानबाहेक दुई पक्षीय सहयोग अन्र्तगत रहेको बताउनुभयो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले संयुक्त अधिराज्य सरकारले नेपाली जनताका लागि कोभ्यास प्रणाली अतिरिक्त दुई पक्षीय सहायता अन्र्तगत खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयाे ।


प्रकाशित | ११ भाद्र २०७८, शुक्रबार ०७:४८