ललितपुरमा जीप दुर्घटनामा तीन जनाको मृत्यु

ललितपुर : ललितपुरा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी बर्दिबासका १९ वर्षका विशाल थापामगर, ललितपुर तीनपानेकी १६ वर्षकी सुनिता लोप्चन र सरिता मोक्तानको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सोमबार बेलुका ९ बजेतिर भएको दुर्घटनामा विशालको घटनास्थलमै र सुनिता र सरिताको उपचारका क्रममा आनन्द वन अस्पताल ललितपुरमा ज्यान गएको हो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०७:५७