एनआरएनए महिला सचिव पदमा हङकङबाट राधिका गुरुङ (टिका) को उम्मेदवारी

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा हङकङबाट राधिका गुरुङ (टिका) ले उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । एनआरएनए हङकङको दुई कार्यकाल सफल नेतृत्व गर्नु भएको गुरुङले आगामी कार्यकाल (२०२१-०२३) को लागि महिला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

एनआरएनए हङकङको छैठौ अधिवेशन (२०१७–२०१९) र सातौ अधिवेशन (२०१९–२०२१) को दुई कार्यकाल नेतृत्व सम्हाल्नु भएको गुरुङले अगामी अक्टोबर २३ देखी २५ तारिखमा हुन लागिरहेको १० औं विश्व सम्मेलनमा महिला सचिवमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।

हङकङमा बस्दै ब्यवसाय गरिरहनु भएकी गुरुङ सामाजिक कार्यमा लामो समय देखी सक्रिय हुनुहुन्छ । हङकङमा बसोबास गर्ने नेपाली र अन्य मुलका नागरिकहरुसँग सहकार्य र समन्वय गर्दै हङकङमा भइ परि आउने प्राकृतिक विपत्तीमा सहयोग तथा उद्धार जस्ता कार्यहरुको अभियानमा निरन्तर लागीरहने एक महिला सामाजिक अभियन्ताको रूपमा चिनीनुहुन्छ ।

हङकङ सरकारले बिरलै प्रदान गर्ने चिफ एक्जुकेटिभ कमेन्डेसन फर कम्युनिटि सर्भिस पदबीबाट समेत गुरुङ सम्मानित भइसक्नु भएको छ ।

त्यस्तै, एनआरएनएले विश्वको विभिन्न क्षेत्रहरुमा गरिरहने सम्मेलनहरु मध्य चौध बर्ष पश्चात गुरुङको कार्यकालमा एशिया प्यासिफिक सम्मेलन हङकङमा गर्न सफल भएको थियो।

कोभीड १९ को कारण नेपालका अस्पतालहरुमा अक्सिजन समस्या समाधानका लागी हङकङ एनआरएनको पहलमा विभिन्न आर्थिक संकलन गरि ५० थान दश लिटर क्षमताको अक्सिजन कन्सन्टेटर र १७ लाख मास्क नेपालमा बितरण गरेको थियो ।

नेपालका विभिन्न राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग राम्रो सम्बन्ध रहेकी गुरुङले निरन्तर नागरिकता समस्या समाधान र बैदेशिक रोजगारमा रहेका नेपालीहरुको संरक्षण तथा हितमा नीति निर्माण र कार्यान्वयन गर्न नेपाल सरकारलाई अनुरोध गर्दै आउनु भएको छ ।

लामो समयदेखि एनआरएन अभियानमा होमिनु भएको गुरुङ २००६–२००९ साधारण सदस्य हुँदै २००९–२०११ मा कार्यसमिति सदस्य, २०११–२०१३ मा महिला संयोजक तथा कोषाध्यक्ष, २०१३–२०१५ मा वरिष्ठ उपाध्यक्ष, २०१५–२०१७ अधिवेसनमा अध्यक्ष पदको प्रत्यासी तथा सल्लाहकार, २०१७–२०२१ सम्म अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नु भएको थियो ।

गुरुङले केहि दिनमै प्रतिबद्धतासहित आफ्नो औपचारिक उम्मेदवारी घोषणा गर्ने बताउनु भएको छ ।


प्रकाशित | ५ भाद्र २०७८, शनिबार १९:३३