प्रहरीको २७औँ आईजीपीमा ठाकुर ज्ञवाली नियुक्त

काठमाडौं : नेपाल प्रहरीको २७ औँ प्रहरी प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) मा  प्रहरी नायव महानिरीक्षक (डीआईजी) ठाकुरप्रसाद ज्ञवाली नियुक्त हुनुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैंठकले ज्ञवालीलाई आईजीपीमा नियुक्त गरेको हो ।

प्रहरी सेवामा ३० वर्षे सेवा अवधिसम्बन्धी व्यवस्थाका कारण आईजीपी सर्वेन्द्र खनालले आजबाट अनिवार्य अवकाश पाएसँगै प्रहरीले नयाँ नेतृत्व पाएको हो ।

ज्ञवालीले २५ असार २०४७ बाट प्रहरी निरीक्षकबाट सेवा सुरु गर्नुभएको थियो । ज्ञवालीको कार्याकाल ५ महिना मात्रै हुनेछ । उहाँको आगामी २५ असारमा ३० वर्षे सेवा अवधिका कारण अवकाश हुनेछन् ।

ज्ञवाली यसअघि डीआईजी हुँदा प्रदेश १ प्रहरी प्रमुख हुनुहुन्थ्यो । त्यस्तै, ज्ञवालीले प्रहरी उपरीक्षक (एसपी) हुँदा दाङ, बारा र झापा प्रहरी प्रमुखको जिम्मेवारी समालीसक्नु भएको छ ।

प्रहरी कर्मचारी शाखाको प्रमुखसमेत रहनु भएको ज्ञवाली प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा रुकुम जिल्ला प्रहरी प्रमुख हुनुहुन्थ्थ्यो ।


प्रकाशित | २८ माघ २०७६, मंगलवार १७:४२