नेकपा एमाले अधिवेशन: ५६ जिल्लामा नेतृत्व चयन

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका जिल्ला अधिवेशन जारी छन् । हालसम्म ७७ मध्ये ५६ जिल्लाको परिणाम आएको छ ।केही जिल्लामा सहमतिका लागि भनेर अहिलेसम्म मतदाननै भएका छैनन् केही जिल्लामा मतगणनाको क्रममा छ । हालसम्म प्रदेश १ का १२ जिल्ला, प्रदेश २ का सप्तरी र सिराहा, बागमती प्रदेशका ११ जिल्ला, गण्डकीका ९, लुम्बिनीका १० , कर्णाली र सुदूर पश्चिमका ६-६ जिल्लाका अधिवेशन सकिएका छन् ।

यस्तै गैर भोगोलिक अन्तर्गत मजदुर र पेशागत अध्यक्ष चयन भइसकेका छन् । दैलेखमा खसेको मतभन्दा बढी मत फेला परेपछि निर्वाचन प्रक्रिया रद्द भएको हो । सिन्धुपाल्चोक र चितवनको अधिवेशन उद्घाटन भए पनि बन्दसत्र अझै सुरू भएको छैन ।


प्रकाशित | २८ पुष २०७८, बुधबार १३:३१