कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित

काठमाडौं – नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित भएको छ । केन्द्रीय निर्वाचन समितिले कोभिड १९ को कारण यसअघि तय गरिएका अधिवेशन स्थगित भएको जनाएको हो ।

यसअघि माघ १५ गते जिल्ला अधिवेशन तय गरिएको थियो । कांग्रेसले एक सूचना प्रकाशित गर्दै जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको छ ।

‘कोभिड १९ को संक्रमणको जोखिम न्यूनिकरण तथा आम जनजीवन सामान्य बन्दै गएपछि स्थगन गरिएका उल्लेखित १६ जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचन तत्काल गरिनेछ’, निर्वाचन समितिको विज्ञप्तीमा उल्लेख छ ।

कांग्रेसमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछामको जिल्ला अधिवेशन हुन बाँकी छ।


प्रकाशित | ७ माघ २०७८, शुक्रबार १५:४३