संसद विघटन र चुनावको घोषणा स्वागतयोग्य : राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधि सभा विघटन र मध्यावधि निर्वाचनको घोषणा स्वागतयोग्य कदम भएको बताउनु भएको छ ।

प्रधानमन्त्री र राष्टपतिको कदमबारे पार्टीले आधिकारिक धारणा नबनाएको भएपनि अहिले प्रतिनिधिसभाले संसदको रुपमा काम गर्न नसकिरहेको अवस्थामा र सरकार बनाउन कसैले बहुमत पु¥याउँन नसकिरहेको अवस्थामा निर्वाचन घोषणा स्वभाविक भएको उहाँले बताउनु भयो ।

उहाँले अहिले भइरहेको महामारीको परिस्थितिमा निर्वाचन गर्न केही जटिलताहरू हुने उल्लेख गर्नु भयो ।


प्रकाशित | ८ जेष्ठ २०७८, शनिबार ११:४७