कांग्रेस एक्लै चुनाव लड्ने गगन थापाको घोषणा

काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले आगामी निर्वाचनमा कांग्रेस एक्लै लड्ने घोषणा गर्नु भएको छ । नेता थापाले सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै नभएकाले रूखबाहेक अन्यत्र कांग्रेसले भोट नहाल्ने बताउनु भएको हो ।

उहाँले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्नेमा समेत जोड दिनु भयो । उहाँले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताउनु भयो ।

उहाँले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने स्पष्ट पार्नु भयो ।


प्रकाशित | २२ कार्तिक २०७८, सोमबार १७:२१