गैँडाको आक्रमणले एकजनाको मृत्यु

चितवन:  गैँडाले आक्रमण गर्दा भरतपुरमा एक जनाको ज्यान गएको छ । आक्रमणमा परि भरतपुर महानगरपालिका २८ भंगाहाका ४६ वर्षीय खगेन्द्रकुमार महतोको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्थानीय खोलामा माछा मारेर फर्किने क्रममा महतोलाई गएराति ९ बजे गैँडाले आक्रमण गरेको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मंगलबार बिहान ३: ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। महतोको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको जनाइएको छ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०७:३३