बहराइनमा तीन जना नेपालीमा कोरोना सङक्रमण, कुनै समस्या भएमा दूतावासमा सम्पर्क गर्न आग्रह

काठमाण्डौ :  बहराइनमा तीन जना नेपाली श्रमिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासका अनुसार कोरोनाको शंका लागेका छ जना श्रमिकमा गरिएको परीक्षणमा तीन जनामा पोजेटिभ देखिएको हो ।

उहाँका अनुसार अरु तीन जनामा नेभेटिभ देखिए पनि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ । अहिलेसम्म बहराइनको स्वास्थ्य मन्त्रालयका अनुसार अहिले ३१० जनामा कोरोनाको सङक्रमण भएको छ । त्यसमध्ये १२५ जना निको भएका छन् भने १८४ जनाको उपचार भइरहेको छ । एक जनाको ज्यान गइसकेको छ ।

राजदूत सुन्दारले बहराइन सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना गर्न र कुनै समस्या भएमा नेपाली दूतावासमा सम्पर्क गर्न समेत आग्रह गर्नुभएको छ ।

सुरक्षा सतर्कता अपनाउने र बहराइन सरकारले सबै विदेशी नागरिकलाई आफ्नै नागरिक सहर उपचार व्यवस्था गरेकाले नडराउन र नआत्तिन पनि आग्रह गरिएको छ ।


प्रकाशित | ९ चैत्र २०७६, आईतवार १५:४९