नेपाली समाज टेक्ससको अध्यक्षमा राजेन्द्र वाग्ले निर्वाचित

टेक्सस – नेपाली समाज टेक्सस (एनएसटी) को निर्वाचनमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र वाग्ले विजयी हुनु भएको छ । वाग्लेले ११२० मत प्राप्त गर्दै विजयी हुनु भएको हो ।

वाग्लेको प्रतिद्वन्द्वी पूर्ब उपाध्यक्ष कमल सापकोटाले ८६२ मत पाउनु भयो । टेक्ससको सरमन सिटी निवासी वाग्ले नेपालको भक्तपुर गुन्डूमा जन्मनु भएको हो ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा बिबेक कंडेल, उपसभापतिमा जनक भण्डारी, महासचिवमा संदेश उप्रेती, सचिवमा हरि प्रसाद खनाल निर्वाचित हुनु भएको छ । कुल तीन हजार ९ सय ९१ मध्य ५१ प्रतिशत अर्थात दुई हजार ३४ मत खसेको थियो ।


प्रकाशित | १२ पुष २०७८, सोमबार २२:१९