विदेशमा रहेका नेपाली श्रमिकलाई सहयोग गर्न दूतावासमा प्रहरी सहचारी राखिने

काठमाडौँ – विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई सहयोग गर्न सम्बन्धीत देशमा प्रहरी सहचारी राखिने भएको छ । नेपाल प्रहरीले नेपाली श्रमिकका प्रमुख रोजगार गन्तव्य देशमा प्रहरी सहचारी (कन्सुलर) राखिने भएको हो ।

नेपाल प्रहरीले श्रम गन्तव्य देशमा रहेका नेपाली श्रमिकलाई समस्यामा परेको बेलामा सहयोग गर्न ती देशका नेपाली दूतावासमा प्रहरी सहचारी राखीने भएको हो । त्यसका लागि नियुक्त गर्ने प्रक्रिया पनि अगाडि बढाएको छ ।

नेपाली श्रमिकको सङ्ख्या धेरै रहेका देश संयुक्त अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब, मलेसियासहित विभिन्न सात देशमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको जनाइएको छ ।

हाल छिमेकी भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमा मात्र प्रहरी सहचारी छन् । त्यहाँ प्रहरी वरिष्ठ उपरीक्षकको दरबन्दी रहेको छ । खाडीका तीन मुलुक र मलेसियाबाहेक प्रहरीले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय डिपमार्टमेन्ट अफ पिस किपिङ अपरेन्सस, बङ्गलादेश र चीनमा सहचारी राखिनेछ ।


प्रकाशित | १६ पुष २०७८, शुक्रबार ११:२५