काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनु भएको छ । श्रेष्ठ ११ हजार ९५६ मतसहित निर्वाचित हुनु भएको हो ।

उहाँको निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मत प्राप्त गर्नुभयो । यस्तै राप्रपाका देवेन्द्र प्रधानले ४ हार ७८५ मत ल्याउँदा नेमकिपाका सुमन महर्जनले एक हजार ५५२ मत प्राप्त गर्नुभो । यसअघिको निर्वाचनमा एमालेकै श्रेष्ठ विजयी हुनु भएको हो ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार १४:५४