कार्यसम्पादन प्रभावीत पार्ने काम नगर्न एनआरएनए उच्चस्तरीय समितिको आग्रह

काठमाडौं – गैर आवासीय नेपाली संघ उच्चस्तरीय समितिले कही कतैबाट पनि कार्यसम्पादन प्रभावीत पार्ने काम नगर्न आग्रह गरेको छ । समितिको सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै महाधिवेशन प्रतिनिधिका सम्बन्धमा देखा परेका असन्तुष्टि र उठेका सवालमाथि सत्य तथ्य पत्ता लगाई समस्या समाधान गर्न समिति गठन भएको अवगत गराउँदै समितिको कार्यसम्पादन प्रभावीत पार्ने कार्य नगर्न आग्रह गरेको हो ।

‘समिति मातहात तीन सदस्यीय स्वतन्त्र उपसमितिले समस्या समाधानका लागि सुझाएका सुझावसहितको अध्ययन प्रतिवेदन ४ फेब्रुअरिमा उच्चस्तरीय समितिमा पठाएको तर सो प्रतिवेदनमाथि उच्चस्तरीय समितिमा छलफल हुनुपुर्व नै विभिन्न अनलाईन संचार माध्यमबाट बाहिरिएको पाइएको छ’, विज्ञप्तिमा भनीएको छ, ‘यती संवेदशील विषय छलफलपुर्व नै बाहिरिएको र त्यसमाथि अनावश्यक टिकाटिप्पणी भइरहेकोप्रति समितिको गम्भिर ध्यानर्कषण भएको छ ।’

त्यस्तै, विज्ञप्तिमा यस्ता किसिमका प्रवृत्तिले संघको गोपनीयता र विश्वसनियतामाथि नै गम्भीर प्रश्न उठ्नुका साथै यस उच्चस्तरीय समितिको कार्यसम्पादनमा समेत प्रतिकुल असर परेको जनाइएको छ ।

त्यस्तै, संघको गोपनियता भंग हुने गरी वा उच्चस्तरीय समितिको कार्यसम्पादन प्रभावित गर्ने गरी कुनै पनि किसिमका गतिविधि नगर्न/नगराउन सम्बन्धित सबैमा आग्रह गरिएको छ ।

साथै,  गलत मनसाय प्रेरित गतिविधिमा संलग्न नभई निष्पक्ष र पारदर्शी रुपमा समस्या समाधान गर्न आ–आफ्नो स्थानबाट उच्चस्तरीय समितिलाई सहयोग गर्न समेत आग्रह गरिएको छ ।

 

स्मरणरहोस:- सो प्रतिवेदन विश्व सन्देशले पहिलो पटक सार्वजनीक गरेको थियो ।


प्रकाशित | २५ माघ २०७८, मंगलवार १२:२७