हुस्सुका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान पूर्ण रुपमा ठप्प

काठमाडौं – बाक्लो हुस्सुका कारण आन्तरिक र अन्तराष्ट्रिय उडान प्रभावीत भएका छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार देशभर सञ्चालनमा रहेका ३५ वटा विमानस्थलमा उडान प्रभावीत भएका हो ।

हुस्सुका कारण विहान ६ बजेको तालिका अनुसार नै अन्तराष्ट्रिय उडान हुन सकेको छैन । जहाज उडान र अवतरणका लागि भिजिविलिटी अपुग हुँदा बिहान १० बजेसम्म उडान हुन नसकेको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिनुभयो ।

तीन सय मिटर मात्र भिजिविलिटी रहेकाले विहानैदेखि उडान र अवतरण हुन नसकेको विमानस्थलले जनाएको छ । अन्तराष्ट्रिय उडानका लागि कम्तिमा एक हजार मिटरसम्म भिजिवलिटी हुनु पर्ने हुन्छ ।

मंगलबारदेखि मौसम वदलीका कारण चिसो बढेसँगै हवाइ उडान पनि प्रभावित हुँदै आएको छ । शुक्रबार १३९ अराइभल र १३९ डिपार्चर गरी २७८ वटा नियमित आन्तरिक उडान तालिका रहेको छ ।

हाल नेपालमा यती एयरलाइन्स, बुद्ध , श्री, सौर्य, नेपाल एअरलाइन्स, गुण, तारा, समिट र सीता एयरलाइन्सले दैनिक उडान भर्दे आएका छन् । यता ३० विमान कम्पनीले दैनिक ६० वटा भन्दा बढी अन्तराष्ट्रिय उडान गर्ने गरेको विमानस्थलको तथ्याङ्क छ ।


प्रकाशित | १६ पुष २०७८, शुक्रबार ११:१०